पोउवामा सदस्यको मतगणना जारी, प्रभा सुवेदीको अग्रता

पाेखरा | भदौ २६, २०७९

पोउवामा सदस्यको मतगणना जारी, प्रभा सुवेदीको अग्रता

पोखराः पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न जारी मतदानपछि सदस्य पदको मत गणना भइरहेको छ । 

 

निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म १ हजार मतगणना हुँदा प्रभा सुवेदी अग्रस्थानमा रहेकी छिन् । अबको केही समयपछि हालसम्म गणना भएको मत सार्वजनिक गर्ने बताइएको छ । 

 

सदस्यहरुको मत गणनापछि अन्य पदको मत गणना सुरु हुनेछ । सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ ।

 

जसमध्ये १० जना निर्वाचित हुनेछन् । सुवेदी प्रजापती प्यानलकी उम्मेदवार हुन् । उनले ६ सय ३० मत ल्याएकी छिन्  

 

निर्वाचनमा करिब ८१ प्रतिशत मत खसेको छ । संघमा ३ हजार १४३ मतदाता छन् ।

 

संघको अध्यक्षमा अर्जुन पोखरेल र पवनकुमार प्रजापतीको उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटाको उम्मेदवारी छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्